गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला
काठमाडाैं | फागुन ११, २०७९
सुर्खेत: कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार को दायाँ कन्चटमा गोली लागेको छ । गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो ।
आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्...

